कार्तिक
२१, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक ११.२२ अंक(०.६० प्रतिशत)ले बढेर १८५८.७६
बिन्दुमा बन्द भएको छ।
आज मंगलबार नेप्से परिसूचकसँगै
कारोबार रकम पनि बढेको छ।
यस
दिन २८५ वटा धितोपत्रको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेचबाट ९९ करोड ६५ लाख
८६ हजार २९१ रुपैयाँ कारोबार भएको छ।
यस दिन मंगलबार लक्ष्मी
लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ भने सर्वाधिक ८.२६ प्रतिशतले घट्नेमा
स्वावलम्बन लघुवित्त रहेको छ।
आज
नेप्सेमा मंगलबार हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै आज कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये १२ वटा परिसूचकम बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ०.१८ प्रतिशतले
घटेको छ।
यसदिन
सर्वाधिक १.५१ प्रतिशतले लगानी समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता