असोज २१, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार नेप्से परिसूचक ३५.६७ अंक (१.८२
प्रतिशत) ले घटेर १९२१.२४ बिन्दुमा बन्द
भएको छ।
आइतबार अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।
यस दिन २८९ वटा धितोपत्रको ५८ लाख १५ हजार १३९ कित्ता सेयर किनबेचबाट
१ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँको कारोबार भएको हो।
यसदिन बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशतले
बढेको छ भने सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्नेमा हिमालयन लघुवित्त
रहेको छ।
आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, यसदिन
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचका गिरावट आएको छ। आज
२.७२ प्रतिशतले जलविद्युत समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता