Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२.७९ अंकले घट्यो नेप्से

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, आइतवार

जेठ ४, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बजारमा यस दिन ३०९ स्टकको ७९ हजार ८९३ पटकको कारोबारमा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ७० करोड ३७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसुचक घटेको छ । 

यस दिन सर्वाधिक ४.१९ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ । यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप