Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट ।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

साउन ३१, काठमाडौँ । नेप्से परिसूचक लगातार तेस्रो दिनपनि घटेको छ।

यस तीन दिनमा नेप्से परिसूचक ५५.७२ अंक (०.९९ प्रतिशत)ले घटेको छ।

आज साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन २६९ वटा धितोपत्रको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेचबाट १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सनराइज फोकस्ड इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ४ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा माउन्टेन हाइड्रो नेपाल रहेको छ।

आज नेप्सेमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।  

आज जलविद्युत समूहको परिसूचक सर्वाधिक (१.८५ प्रतिशतले) घटेको छ।

  • न्युज बहार संवाददाता

थप