Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सूर्यमुखी फूलको खेतीमा रमाउँदै खोटाङका मिलन राई ।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का वर्ष १९ का मिलन राईले आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्ने बारेमा सोच्दै जाँदा व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गरे । चार रोपनी जग्गामा कोदो, मकै र आलु खेती हुँदै आएको थियो त्यही जग्गामा उनले सोलुखुम्बु जिल्लाबाट खरिद गरेर ल्याएको छ केजी सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गरे। 

मिलनले लगाएको व्यावसायिक सूर्यमुखी फूल अहिले ढकमक्क फुलेको छ । बिना परीक्षण युट्युबमा हेरेर व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको मिलनले बताए । उनले भने “फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्ने बित्तिकै सोही जग्गामा तोरी खेती गर्ने तयारी गरिएको छ, आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु।”

नगर उपप्रमुख विशन राईले मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा त्यहाँका कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको बताए ।

  • न्युज बहार संवाददाता

थप