असोज ८, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता भएको छ ।
हमालले आज सोमबार राष्ट्र बैंकमै पुगेर गभर्नर अधिकारीसँग भेटवार्ता गरेका हुन् ।
आजको भेटमा दुबैकोबिचमा भेञ्चर क्यापिटल, पूँजी बजार र प्राइभेट इक्विटी लगायत अर्थतन्त्र र धितोपत्र बजारको समसामयिक विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।
आजको छलफलमा विशेष गरेर सेयर बजारसँगै अर्थतन्त्रमा देखिएको निराशा लगायतका विषयमा छलफल भएको हो ।
सेयर बजारको नैराश्यता कम गर्न मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यक्तिगत सीमा १२ करोडबाट बढाउनुपर्ने धितोपत्र बोर्डको अध्यक्ष हमालले उक्त छलफलमा बताएका थिए ।
- न्युज बहार संवाददाता