भदौ २५, काठमाडौँ । ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
उक्त आदेश जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास दिएको हो ।
अहिले थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ भने बाँकी अन्य १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
- न्युज बहार संवाददाता