वैशाख २३, काठमाडौँ । कैलाश–मानसरोवरको तीर्थयात्राको सिजन सुरु भएको छ । कैलाश–मानसरोवरको तिर्थयात्रा होस वा कि ट्रेकिङ, होस यो प्राय धेरैको धेरैको रोजाइमा पर्ने गर्छ ।
तर कैलाश–मानसरोवरको
यात्रा भने जोखिमपूर्ण रहेको छ । यात्रा जोखिमपूर्ण भएकाले यो यात्रा निजी ढंगले एक्लै
गर्न उपयुक्त मानिदैन । यस यात्राको लागि भरपर्दो ट्राभल एजेन्सी र
दसदेखि १२ दिनसम्मको समय लाग्छ । यसका लागि आवश्यक पुर्व तयारी पनि चाहिन्छ ।
कैलाश–मानसरोवर यात्राको उपयुक्त समय
वैशाख मध्यदेखि असोज मध्य (मेदेखि सेप्टेम्बर) सम्म मानिन्छ पर्यटन व्यवसायीहरूले
जनाएका छन ।
कैलाश–मानसरोवर क्षेत्र तिब्बतमा
पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्ने हुन्छ।
- न्युज बहार संवाददाता