भदौ १२, काठमाडौँ । आगामी शुक्रबार अर्थात भदौ १५ गते बिहान ८ बजे सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट हुने भएको छ।
यस कम्पनिको आईपीओ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो बाँडफाँट हुनेछ।
इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।
माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ। यस अनुसार इन्स्योरेन्सको सेयर भाग्यमानि ७ लाख ६८ हजार जनाले मात्र प्राप्त गर्न सक्नेछन्।
- न्युज बहार संवाददाता