असोज १९, हुम्ला । कोदो बाली विकास एवं
प्रवद्र्धनका लागी कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा अन्तराष्ट्रिय
कोदो दिवस कार्यक्रम आयोजना गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामा, जलस्रोत, ऊर्जा तथा खानेपानीमन्त्री उर्मिला विश्वकर्मा, हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङग्मेल तामाङ,प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय किसानलगायतको उपस्थिति रहेको थियो ।
सन् २०२३ लाई संयुक्त राष्टसङ्घले अन्तरराष्ट्रिय कोदो दिवसका रूपमा मनाउन आह्वान गरेअनुरुप आयोजित उक्त कार्यक्रममा स्थानीय कृषि उपजको प्रदर्शनी समेत गरिएको थियो ।
- न्युज बहार संवाददाता