साउन २२, काठमाडौँ । आज सोमबार सेयर बजार नेप्सेमा
एकल अंकको सामान्य गिरावट आएको छ ।
आज सोमबार
नेप्से ३.२१ अंक (०.१५ प्रतिशत) घटेर २०४८.२६ मा पुगेर बन्द भएको छ ।
यस
दिन हाइड्रोपावर, बैंकिङ, अन्य र
लगानी बाहेकको ९ वटा सूचक बढेको छ तर बजारलाई
लिड गर्ने बैंकिङ उपसूचक घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा गिरावट आएको हो ।
यस
दिन २६७ वटा धितोपत्रको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेचबाट २ अर्ब ३३ करोड
३५ लाख ७३ हजार २९७ रुपैयाँमा कारोबार भएको छ।
यस दिन नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य सर्वाधिक
९.९९ प्रतिशतले बढेर सर्किट लेबलमा कारोबार भएको छ भने सेयर मूल्य सर्वाधिक
घट्नेमा छयाङ्दी हाइड्रोपावर रहेको छ।
आज
नेप्सेमा आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार भएको छ।
- न्युज बहार संवाददाता