Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

परम्परागत र रैथाने बाली बहस र चासो बढ्दै

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । इलाम जिल्लामा परम्परागत अर्थात रैथाने बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा स्थानीय किसानले सक्रियता देखाएका छन् । किसानका साथै सरकार र अन्य विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् ।

हालै कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्यविषयमा राष्ट्रिय कृषक समूह महासङ्घ, इलाम नगर समतिको आयोजनामा छलफल गरिएको थियो । या कार्यक्रममा सहभागीहरुले रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए । उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै तीन तहका सरकारले जलवायु परिवर्तनसँग अनुकूल हुने बालीको महत्व बुझ्न आवश्यक रहेको जनाएका छन ।
कृषि ज्ञान केन्द्रको सहयोगमा सरकारले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुबैले किसानलाई रैथाने बालीको उत्पादन र बजारीकरणमा सहयोग पुर्याउने प्रयास गरेको छ । अर्को तर्फ होमस्टे सञ्चालकलाई रैथाने परिकार बनाउने तालिमले पनि कृषि पर्यटनलाई प्रोत्साहन दिएको छ । यसले रैथाने बालीको महत्वलाई केही हदसम्म उजागर गरेको छ ।
रैथाने बालीहरु पोषण तत्वले भरिपुर्ण हुन्छन । कोदो, फापर, चिनो, उवा, जौँ, कागुनो आदिमा पोषणतत्व प्रचुर मात्रामा पाइन्छ । यी बालीहरुल कम मल र पानीमा पनि राम्रो उत्पादन दिने खालका हुन्छन । यी बालिहरु जलवायु परिवर्तनसँग पनि अनुकूल छन् । 

  • न्युज बहार संवाददाता

थप