पुस १२,
काठमाडौँ । सुनको मूल्य आज एकैदिन एक हजार तीन सय रूपैयाँले बढेको छ । आज एकैदिन
यति धेरै बढेपछी सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख
२२ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा
कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
आज बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर हजार
चार सय ९० रूपैयाँ कायम भएको छ।
- न्युज बहार संवाददाता