साउन १४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार
भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी , आज नेपाली
बजारमा चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।
आज चाँदी प्रतितोला दुई हजार तीन सय १० किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता