वैशाख ३०, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ।
सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य बढेको
छ।
अघिल्लो
दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।
चाँदी आज
मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता