असोज
९, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुबैको मुल्यमा गिरावट आएको छ ।
यसदिन सुनको
भाउ प्रतितोला चार सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, नेपाली बजारमा चाँदीको मूल्य मंगलबार पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता