Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिसेयर १०० रुपैयाँमा खुल्दै लघुवित्त कम्पनिको एफपीओ

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७,  काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखी धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले संसथापक र साधराण सेयर संरचना मिलाउन मकर्जरपछि एफपीओ जारी गर्न लागेको हो।

कम्पनिले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

लगानीकर्ताले असोज ३० गतेसम्म एफपीओका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम एक हजारका लागी आवेदन दिन सकिनेछ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड लघुवित्तको एफपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले कम्पनिले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताहरुले यस लघुवित्तको एफपीओमा आवेदन दिनका लागी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र त्यसका तोकिएका शाखाहरुका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ बाट अनलाइन आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप