Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट पुनः सुरु भयो द्रुत बस सेवा

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । आजबाट पुनः भक्तपुरको सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क सम्म चल्ने द्रुत बस सेवा सुचारू भएको छ।

द्रुत बस सेवा सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको थियो। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आजबाट उक्त सेवामा केही फेरबदल गरेर सञ्चालनमा ल्याइएको जानकारी दिएका छन ।

पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको उनले जनाएका छन ।

उनका अनुसार कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन-तीन मिनेटमा सूर्यविनायकबाट द्रूत सेवाका बसहरू छुट्ने छ। बसहरू यसअघि पाँच-पाँच मिनेटको अन्तरमा छुट्ने गर्थ्यो।

अहिले बस छुट्ने समय तालिकामा पनि परिवर्तन भएको छ। यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेको बस आजदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म चल्ने गरेको छ  भने बेलुकी पनि साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने छ।

  • न्युज बहार संवाददाता

थप