Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भाजी र माटेसागमा भेटियो अत्याधिक विषादीको मात्रा

  •   १ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

बैशाख ६, झापा भाजी र माटेसागमा अत्याधिक विषादीको मात्रा भेटिएको छ

नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजारमा बिक्रीका लागि ल्याइएका ल्याइएको उक्त सागमा विषादी भेटिएको नेपालगञ्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ । प्रयोगशालाका अनुसार बजारबाट सङ्कलन गरेर ल्याइएका तरकारीको नमूना परीक्षण गर्दा भाजी र माटेसागमा विषादीको मात्रा फेला परेको हो
गत चैतमा विषादी परीक्षणका लागि प्रयोगशालामा ल्याइएको भाजीको साग एक र माटेसागको दुईमा नमूना परीक्षण गर्दा विषादीको मात्रा अधिक (रेड लेबल) पाइएको र उपभोग गर्न नमिल्ने भएको हो । बाँकेकौ हिरमिनिया क्षेत्रमा उक्त साग उत्पादन भएर रानीतलाउ तरकारी बजारमा बिक्रीका लागि ल्याइएको थियो ।
चैतमा रानीतलाउबाट तरकारीजन्य वस्तुको नमूना सङ्कलन गर्दा धेरैजसो गुणस्तरीय नै पाइएको तर भाजी र माटेसागको तीन वटा नमूनामा मात्रै विषादीको मात्रा भेटिएको हो । 
नेपालका विभिन्न जिल्ला र भारतबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच प्रयोगशालामा हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप