Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जेठयता १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्ब बढी

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कार्तिक १, काठमाडौँ। नेपालले एक महिना अर्थात असोज महिनामा मात्र ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले कुल १२ अर्ब रुपैयाँको विद्युत् गत जेठयता निर्यात भएको जनाएको छ ।

प्राधिकरणका अनुसार जेठदेखि असोजसम्म ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

यस वर्ष गत २८ जेठबाट प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारतीय बजारमा बिक्री सुरु गरेको थियो । चालू आर्थिक वर्ष २०८०/८१ को  साउन, भदौ र असोज ३ महिनामा प्राधिकरणले ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ भने ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् असोज महिनामा मात्र निर्यात गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप