साउन २४, काठमाडौँ । लगातारको ओरालो यात्रालाई ब्रेक लगाउँदै साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार सेयर बजार ४१.०६ अंक(२.०३ प्रतिशत) ले बढेर २०६०.९१ विन्दुमा उक्लिएको छ ।
यस दिन होटल, वित्त र पर्यटन, व्यापार तथा जीवन बीमा, सहितका उपसूचकमा बढेको छ ।
त्यसैगरी म्युचुअल फण्ड उपसुचकका लगानिकर्ताहरुले आज धेरै गुमाएका छन ।
आज २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट आज कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, लगायतका सेयको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।
आज सबै भन्दा धेरै आईएमई लाइफ इन्स्यारेन्स कम्पनी र शिवम् सिमेन्टको कारोबार भएको छ ।
- न्युज बहार संवाददाता