पुस ६, काठमाडौँ । ४०० केभी क्षमताको
इनरुवा सबस्टेसनको निर्माण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा सम्पन्न भएको छ । यो
सबस्टेसन ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित हो र यो सबस्टेसन
ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन पनि हो ।
इनरुवा
सबस्टेसनलाई मोरङ–सुनसरी
औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा
गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको छ ।
यो
सबस्टेसन विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको हो
भने यसको आज शुक्रबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन
गर्ने छन ।
- न्युज बहार संवाददाता