Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रू’ ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको ‘ब्रेक थ्रू’ गरिएको छ ।  सोमबार बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको ‘ब्रेक थ्रू’ गरिएको हो । ‘रेस्क्यु टनेल’ निर्माण सुरु भएको झन्डै चार वर्ष पछि आज ‘ब्रेक थ्रू’ गरिएको हो । 

टनेलको ब्रेक थ्रु भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, जापानी दातृ निकाय जाईकाका प्रमुख, नेपालका लागि जापानी राजदुत लगायतले संयुक्त रुपमा गरेका हुन्।

नेपाली र जापानी पुजा विधिद्वारा पुजाअर्चना गरी टनेलको ब्रेक थ्रु गरिएको थियो । टनेलको कात्तिक ४ गते २०७६ सालमा शिलान्यास गरिएको थियो ।

यो ब्रेक थ्रु गरिएको टनेलको लम्बाई २.५ किलोमिटर रहेको छ भने मुख्य टनेल तर्फ ५ सय ६ मिटर खन्न बाँकी रहेको छ । सञचालनमा आउँदा यो सुरुङमार्घ नै नेपालको पहिलो ठूलो सुरुङमार्ग हुनेछ ।

  • न्युज बहार संवाददाता

थप