पुस २०, काठमाडौँ । आज शुक्रबार अर्थात् साताको अन्तिम कारोबार दिन
नेपाली बजारमा सुन–चाँदीको
मूल्य स्थिर रहेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता