साउन ४, काठमाडौँ। आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
दैनिक जसो बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ।
आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दु १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता