Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङ भेडीगोठहरु बेसी झर्ने थाले

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

असोज २०, बागलुङ । भेडीगोठहरु धमाधम बेसी झर्न थालेका छन । जेठमा गर्मी सुरु भएसँगै लेक चढेका भेडीगोठ अहिले धमाधम बेसी झर्न थालेका हुन । बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनलगायतका क्षेत्र लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि अहिले भेडाबाख्राका बथानले भरिएका छन् ।

चाडबाड नजिकिदै गरेको र लेकमा जाडो पनि सुरु हुन थालेकोले भेडीगोड बेसी तिर सारिएका हुन । गत जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोजको पहिलो सातादेखिनै बेसी झर्न सुरु गरिसकेका छन । भेडी गोठाले हरेक वर्ष बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा लेक–बेसी गर्ने गर्छन् ।

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै भइसकेको छ । उक्त क्षेत्रका एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्ने गर्दछन ।

यसरी हजारौव भेडा पालन गरेका गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्दछन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस र चरन क्षेत्र पर्याप्त पाइनेहुन्छ । यतिबेला रिग, तिलाचन, सोलेडाँडा, पातीहाल्ने, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान देख्न सकिन्छ । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन पनि भएकोले गोठालाहरु बेसी झरेर भेडाबाख्रा धपाउँदै बजार तिर लाग्ने गर्छन् ।

  • न्युज बहार संवाददाता

थप