Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारद्वारा तेस्रो लगानी सम्मेलन गर्ने घोषणा

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । सरकारले तेस्रो लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।

सरकार तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलनको तयारीमा जुटेको हो ।

यो लगानी सम्मेलन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ तयार बने पछिबाट गणना गर्दा भने तेस्रो लगानी सम्मेलन हुन जानेछ ।

यसअघि २०७५ साल चैतमा सरकारले तेस्रो लगानी सम्मेलन गरेको थियो ।

तेस्रो लगानी सम्मेलन गरेको ठिक पाँच वर्षपछि अर्थात आगामी वर्ष २०८१ सालको वैशाख दोस्रो सातामा चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ ।

काठमाडौँमा आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका हुन ।

मुख्यसचिवको नेतृत्वमा लगानी सम्मेलन आयोजना गर्नका लागि कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति रहेको छ । लगानी बोर्डको कार्यालयमा तेस्रो लगानी सम्मेलनको सचिवालय रहने जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप