कार्तिक १३, काठमाडौँ । आज सोमबार सेयर बजार परिसुचक नेप्से ३.०४ अंक (०.१६ प्रतिशत)ले बढेर १८७८.७० विन्दुमा बन्द भएको छ ।
आज कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर केही सम्हालिएको हो ।
यस दिन २८७ वटा धितोपत्रको २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेचबाट ६९ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।
आज सोमबार पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
आज नेप्सेमा साधना लघुवित्तको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घट्दा बाँकी सबै समूहको परिसूचक बढेको छ। आज सर्वाधिक ०.८६ प्रतिशतले निर्जीवन बीमा समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता