भदौ १३, काठमाडौँ । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई भारतबाट पक्राउ गरेको छ । भारतको नयाँ दिल्लीबाट सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले उनलाई बुधबार काठमाडौँ ल्याइएको जानकारी दिएका छन ।
बस्नेत सिन्धुपाल्चोकका स्थायी बसिन्दा रहेको र दावाले भनेअनुसार सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका खुलेको छ ।
- न्युज बहार संवाददाता