असोज १४, काठमाडौं । आज पनि प्रहरीले दोलखाबाट ४
किलो सुन बरामद गरेको छ । प्रहरीले दोलखा जिल्ला बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको जानकारी
गराएको छ ।
केही दिनअघिदेखी दोलखाबा सुन बरामद हुने सिलसिला चलेको छ । दोलखाको विभिन्न स्थानबाट यसअघी प्रहरीले ७ किलो सुन बरामद गरेको थियो ।
त्यसैको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको प्रहरीले जनाएको छ । आज थप चार किलो सुन बरामद भएछी दोलखाबाट मात्र बरामद भएको सुनको मात्रा अब ११ किलो पुगेको छ ।
प्रहरीले यी सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको अनुमान गरेको छ ।यो नाका सधै बन्द भएपनि लुकिछिपि सुन ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता