Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हालसम्म देशभर करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न

  •   १ वर्ष अघि | ३१ असार २०८२, मङ्लबार

असार ३१, काठमाडौँ । हालसम्म देशभर करिब ५९ प्रतिशत धान रोपाइँ सकिएको छ । यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको र गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको हो । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको हो ।

कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ गरिएको छ । यस प्रदेशमा ८३ प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने याहाँ प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो । 

मन्त्रालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष यस अवधि भर करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो। देशका केही भागमा अझै पनि रोपाइँ जारी रहेको छ । आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप