Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२२०० बिन्दुमा टिक्न नसकेको नेप्सेमा कारोबार रकम २७ महिना यताकै उच्च

  •   ३ वर्ष अघि | ३ माघ २०८०, बुधबार

माघ ३, काठमाडौँ । आज बुधबार सेयर बजार नेप्सेमा तिब्र उतारचढाव देखिएको छ। कारोबार खुलेको  सुरुवाती समयमा बढेर २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा भने नकारात्मक भएर बन्द भएको छ।

बुधबार नेप्से सूचक १२.१० अंक (०.५५ प्रतिशत)ले घटेर २१६३.०६ विन्दुमा झरेको छ। 

आज बुधबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज ९ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम २७ महिना यताकै उच्च हो।

यस दिन नेपाल वेरहाउजिङ कम्पनी, ग्लोबल आइएमई लघुवित्त र हिमालयन रि इन्सयोरेन्स कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने मुक्तिनाथ कृषि कम्पनी, इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यसदिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ

यस दिन कारोबारमा आएका १३ उपसमूहका ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक घटेका छन । सबैभन्दा धेरै ३.५१ प्रतिशतले फाइनान्स उपसमूहको सूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप