Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

३६.५७ अंकले बढेको नेप्सेमा कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य गिरावट

  •   ३ वर्ष अघि | २३ पुस २०८०, सोमवार

पुस २३, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३६.५७ अंक (१.८० प्रतिशत)ले बढेर २०५९.४९ विन्दुमा बन्द भएको छ।

आज नेप्से बढेपनि अघिल्लो दिनको  तुलनामा यस दिन कारोबार रकम भने सामान्य घटेको छ। यस दिन ३०९ स्टकको ९९ हजार ५२४ पटकको कारोबारमा ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन त्रिशुली जलविद्युत, सिंगटी हाइड्रो, मोदी इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.४६ प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ भने बाँकी सबै उपसमूहको परिसूचक बढेको छ।

आज सर्वाधिक ३.७३ प्रतिशतले जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप