असोज २९ काठमाडौँ । सोमबार नेप्से परिसूचक २३.१६ अंक (१.२३ प्रतिशत)ले घटेर १८५१.४३
बिन्दुमा बन्द भएको छ ।
सोमबार नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको
छ।
यस दिन
२८४ वटा धितोपत्रको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेचबाट १ अर्ब २५ करोड ३२
लाख ९१ हजार ७० रुपैयाँको कारोबार भएको छ ।
आज सोमबार
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले बढेको छ
भने सेयर मूल्य सर्वाधिक१० प्रतिशतले घट्नेमा सयपत्री हाइड्रोपावर
रहेको छ।
यस दिन
प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा
समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ।
यसदिन सर्वाधिक
२.०९ प्रतिशतले जीवन बीमा समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता