Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेप्से स्थिर, कारोबार रकम भने बृद्धी

  •   २ वर्ष अघि | २६ बैशाख २०८१, बुधबार

बैशाख २६, काठमाडौँ । आज बुधबार साताको चौथो कारोबार दिन सेयर बजार बुधबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। यस दिन नेप्से ०.२१ अंक(०.०१ प्रतिशत)ले घटेर १९६०.६० विन्दुमा बन्द भएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने बृद्धी भएको छ । बजारमा यस दिन ३०५ स्टकको ४१ हजार १३७ पटकको कारोबारमा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको ५८ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज बजारमा इन्फिनिटी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कारोबारमा आएको कुमारी सबल योजनाको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा फस्ट माइक्रोफाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बृद्धी छ भने । यस दिन सर्वाधिक ३.११ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। आज कारोबारमा आएको उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

  • न्युज बहार संवाददाता

थप