Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साताको अन्तिम दिन २६.४८ अङ्कले घट्यो नेप्से ।

नेप्सेका सबै उपसूचकमा गिरावट।

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौं। सेयर बजारमा घट्न क्रमले सातको अन्तिम कारोबार दिन पनि निरन्तरता पाएको छ ।

नेप्से बुधबार २ महिनापछि २ हजारको बिन्दुबाट तल झरेको थियो भने बिहीबार पनि यो घट्ने क्रम रोकिएन आज नेप्से परिसुचक १.३३ प्रतिशतले गिरावट भएको छ।

नेप्से आज २६.४८ अंकले घटेर १९६९.०१ अंकमा बन्द भएको छ भने नेप्सेका सबै उपसूचकमा गिरावट आएको छ । लघुवित्त उपसूचकमा सर्वाधिक २.६४ प्रतिशतले गिरावट आएको छ भने व्यापार उपसूचक पनि २.३२ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा १ अर्ब ३३ करोड ६३ लाखको धितोपत्र कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप