Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२२.३६ अंकले घट्यो नेप्से, व्यापार उपसमूहको परिसूचकमा सर्वाधीक गिरावट

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३२७ स्टकको ५८ हजार ४०१ पटकको कारोबारमा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक ६.५५ प्रतिशतले विन नेपाल लघुवित्तको शेयरमूल्य बढेको छ । यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयर नकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त इन्स्योरेन्सको यस दिन १५ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन १.०३ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक २.९७ प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप