जेठ ७,
काठमाडौँ । मानसरोवरको यात्रा सुरु भएको छ । चीनमा अवस्थित रहेको भगवान् महादेवको
वासस्थान मानिने धार्मिकस्थल कैलाश पर्वत र मानसरोवरको यात्रा सुरु भएको हो ।
यात्रा सुरु भएसँगै रसुवागढी नाकामा पनि चहलपहल बढेको छ । काठमाडौँबाट त्रिशूली
धुञ्चे, स्याफ्रुवेँसी
हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण चहलपहल बढ्न थालेको हो ।
पछिल्लो
समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान
गर्ने गरेको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले जानकारी दिएका
छन । मानसरोवर रसुवागढी नाकाबाट साढे नौ सय किलोमिटर टाढा रहेको छ ।
पछिल्लो
समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने
गरेका उनले जनाएका छन ।
- न्युज बहार संवाददाता