कार्तिक
१६, काठमाडौँ । आज (बिहीबार) देखि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका
लागि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल
२० लाख ७५ हजार २८५ कत्ता आइपिओ निष्कासन गरेको हो।
यस कम्पनिको आइपिओमा न्यूनतम १०
कित्ताका देखि अधिकतम ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।
यस कम्पनिको आइपिओमा कात्तिक २०
गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले रेटिङले
कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनीको
सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनिको आइपिओमा लगानीकर्ताले
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा
कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ प्रणालीमार्फत्
आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता