साउन १८, काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको सर्वसाधरणको लागि आजदेखी आइपिओ खुला भएको छ।
कम्पनिले
कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको छ।
यस आइपिओमा
न्यूनतम १० कित्ताका देखी अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' बाट अनलाइन र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता