Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समयसीमा थप, अब कहिले सम्म दिन पाइन्छ?

  •   १ वर्ष अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयसीमा थप गरेको छ। अब लगानीकर्ताले यो आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको हो। अब सर्वसाधारणका लागि जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न लागिएको हो। तीमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर विदेशमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट भइसकेको छ।

त्यस्तै, सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत (७२ हजार ६०० कित्ता) र कम्पनीका कर्मचारीहरूलाई ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर हुन्छ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको क्रेडिट रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले दिएको रेटिङ अनुसार, सागर डिष्टिलरीलाई आईआरएन बी प्लस श्रेणीमा राखिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप