Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लेखा समितिले दियो धितोपत्र बोर्डका अध्यक्षको सम्पत्ति छानबिन गर्ने निर्देशन

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिले निर्देशन दिएको छ ।

प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आज बिहीबार बसेको समितिको बैठकले निर्देशन दिएको छ ।

बिहीबार बोर्डका अध्यक्ष हमाललाई पनि लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बोलाएको थियो तर उनी अनुपस्थिति भएका थिए ।

समितिले विना जानकारी हमाल बैठकमा अनुपस्थित भएको भन्दै खेद प्रकट गरेको छ भने बोर्डबाट कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ उनको अनुपस्थितिमा बैठकमा उपस्थित भएका थिए ।

  • न्युज बहार संवाददाता

थप