Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९.५० अंकले बढेको नेप्सेमा आज पनि कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

पुस २५, काठमाडौँ । आज नेप्से परिसूचक ९.५० अंक(०.४५ प्रतिशत)ले बढेर २०८९.६२ विन्दुमा बन्द भएको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकममा भने गिरावट आएको छ। यस दिन ३०१ स्टकको ९२ हजार ६०२ पटकको कारोबारमा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन रि इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सर्वाधिक ५.९५ प्रतिशतले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ

यस दिन १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक २.२१ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ  भने सर्वाधिक ०.८४ प्रतिशतले होटल तथा पर्यटक उपसमूहको परिसूचक घटेको छ ।

 

  • न्युज बहार संवाददाता

थप