असोज ११, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। असोज १० गते बुधबार नेप्सेमा सिएलआई संकेतका साथ कम्पनीको ३ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीको शेयर सूचीकरण भएपछी अब आइतबारदेखि नेप्सेमा कारोबार गर्न सकिने भएको छ। कम्पनीलाई नेप्सेले पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रूपैयाँ २९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
साताको पहिलो दिनदेखि सोही रेञ्जका आधारमा स्पेशल प्रिओपन सेसनमा कम्पनीको शेयर कारोबार हुनेछ।
- न्युज बहार संवाददाता