जेठ ५, काठमाडौँ । जेठ ९ गतेदेखि सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दैछ ।
कम्पनीले सर्वसाधारणका
लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ
बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
यस कम्पनिको आइपिओमा
न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सम्मका लागि आवेदन दिनु सकिनेछ ।
उक्त आइपिओमा जेठ ९
गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि
आवेदन नपरेमा बिक्री अवधि जेठ २३ गतेसम्म रहनेछ ।
केयर रेटिङ नेपालले कम्पनीलाई
'केयर एनपी डबल बी प्लस इस्युअर' रेटिङ प्रदान गरेको छ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बुझाउँछ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड कम्पनीको सेयर निष्कासन तथा
बिक्री प्रबन्धक रहेको छ।
लगानीकर्ताले
यस कम्पनिको आइपिओमा आवेदन दिनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त
गरेका सम्पूर्ण सी–आस्बा
सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस
एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गर्न सक्नेछन ।
- न्युज बहार संवाददाता