माघ २, काठमाडौँ । बुक बिल्डिङ प्रक्रियामार्फत् रिलायन्स स्पिनिङ्ग मिल्सले सेयर निष्कासन गर्ने भएको छ।
माघ १०
गतेदेखि कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूका लागि बोलकबोलमार्फत् सेयर
निष्कासन गर्न लागेको हो।
जारी
पुँजी १ अर्ब ९० करोड रूपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार
रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर कम्पनीले बुक बिल्डिङ
प्रक्रियामार्फत् निष्कासन गर्न लागेको हो।
नेप्सेले
सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा उक्त मध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार
६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रूपैयाँदेखि ९१२ रूपैयाँ सम्मभित्र रही योग्य
संस्थागत लगानीकर्ताहरू सहभागी गराई बोलकबोलमार्फत् सेयर बिक्री गर्न लागेको हो।
माघ १४ गतेसम्म उक्त
सेयरमा शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड कम्पनीको धितोपत्र निष्कासन तथा
बिक्री प्रबन्धक रहेको छ।
बोलपत्र आवेदन फारम रितपूर्वक भरी योग्य संस्थागत लगानीकर्ताहरूले
नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, भद्रकालीमा शिलबन्दी गरिएको
गोप्य बोलपत्र फारम बुझाउनु पर्नेछ।
- न्युज बहार संवाददाता