मंसिर
७, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.८७ अंक (०.५३
प्रतिशत)ले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै बिहीबार कारोबार
रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन २९२ वटा धितोपत्रको ४४
लाख २० हजार ५१८ कित्ता सेयर किनबेचबाट १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँको
कारोबार भएको हो।
यस दिन बुद्धभूमी नेपाल
हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने सेयर मूल्य
सर्वाधिक ८.२० प्रतिशतले घट्नेमा नबिल बैंक रहेको छ।
बिहीबार
नेप्सेमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये
९ वटा समूहको परिसूचक बढेको छ भने बैंकिङ, लघुवित्त र अन्य समूहको परिसूचक घटेको
छ
आज
जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक ०.७२
प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता