Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेमा सामान्य बृद्धी कारोबार रकममा भने गिरावट

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। बजारमा यस दिन ३११ स्टकको ६९ हजार ८४० पटकको कारोबारमा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सर्वाधिक ८.९६ प्रतिशतले कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक २.७९ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ भने सबैभन्दा बढी २.१० प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप