साउन
२१, काठमाडौँ । आज साताको पहिलो कारोवार दिन सोमबार नेप्से सूचक ४० अंकले बढेर
बन्द भएको छ । बजारमा गत बिहीबार ५ अंकको
करेक्सन देखिएको भएपनि आज सोमबार नेप्से पुनः सकारात्मक भएको छ ।
सोमबार
नेप्से सूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा बन्द भएको हो । यस दिन ४ करोड ९७
लाख ७३ हजार ७३० कित्ता शेयर किनबेचमा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँ
बराबरको कारोबार भएको छ । यसदिन ८ कम्पनीको
शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै १० प्रतिशतले नेपाल फाइनान्सको
शेयरमूल्य घटेको छ ।
आज कारोबार रकमको
आधारमा हिमालयन रि इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ । आज यस कम्पनिको १ अर्ब २६
करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका
१३ उपसमूहमा ७ उपसमूहको सूचक बढेको छ भने ५ उपमूहको सूचक घटेको छ।
आज सर्वाधीक ६.६९
प्रतिशतले होटल उपसमूहको सूचक बढेको छ ।
सबैभन्दा धेरै ४.६१
प्रतिशतले फाइनान्स उपसमूहको सूचक घटेको छ।
- न्युज बहार संवाददाता