Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३४.४२ अंकले बढ्यो नेप्से, सबै उपसमुहमा हरियाली

  •   १ वर्ष अघि | १८ असार २०८२, बुधबार

असार १८, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३४.४२ अंक बढेर २६९४.८२ विन्दुमा बन्द भएको हो।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३१७ स्टकको ८९ हजार ४६८ पटकको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँबराबरको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खानी खोला हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन ३.७३ प्रतिशतले कारोबारमा आएको ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज ५५ करोड ५३ लाख २ज्ञ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्।

यस दिन सर्वाधिक २.८३ प्रतिशतले जीवन बीमा उपसमूहको परिसूचक बढेको छ।

 

  • न्युज बहार संवाददाता

थप